काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकटको मूल्य सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लिग चरणका खेलको सामान्य टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ तोकिएको छ।
इलिमिनेटर तथा फाइनल खेलका लागि भने सामान्य टिकटको मूल्य एक हजार र प्रिमियम टिकटको दुई हजार रुपैयाँ निर्धारण गरिएको छ। टिकटको अनलाइन बुकिङ आज राति ८ बजेदेखि ईसेवामार्फत सुरु हुने क्यानले जनाएको छ।
क्यानको आयोजनामा एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
दर्शकले टिकट खरिदका लागि ईसेवाको आधिकारिक वेबसाइट (https://esewa.com.np/) वा एपमा उपलब्ध विवरण हेर्न सक्नेछन्।
