नेपाल प्रहरीले बडा दसैंको अवसरमा काठमाडौं उपत्यकामा सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै आवागमनका सहज बनाउनका लागि निशुल्क बस सेवा सञ्चालन गरेको छ ।
प्रहरीले तीन वटा रूटमा यही कात्तिक ३ र ४ गते तीन वटा रुटमा उक्त सेवा सञ्चालन गरेको हो।
रूट नम्बर १ अनुसार नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालसम्म बस सञ्चालन गरिनेछ।
रूट नम्बर २ नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ।
रूट नम्बर ३ नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजुचोक, नयाँबसपार्क, नारायणगोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँबसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनः नक्सालमा फर्किनेछ।
निशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुलाई ठूलो राहत मिल्ने नेपाल प्रहरीले जनाएको छ । यो सेवा टीकाको दिन बिहान ८ बजेबाट पहिलो सिफ्ट र दोस्रो सिफ्ट दिउँसो ३:३० बजेबाट सुरु हुने प्रहरीले जनाएको छ।