बिपी कोइराला ०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भए पश्चात ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन सौहार्दता अभिवृद्धि र शुभकामना आदान–प्रदान गर्न ‘चियापान समारोह’ आयोजना गर्नु भएको थियो । तत्पश्चात् निश्चित कारणवश कुनै बर्ष आयोजना नभएको बाहेक हरेक बर्ष नेपाली कांग्रेसले सोही तिथिमा कार्यक्रम गर्दै आएको सर्वविदितै छ ।
यो बर्ष देश शोकको सामना गरिरहेको स्थितिमा छ । भोटेकोसीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र ५ हजार बढी बेपत्ता रहेकोे अवस्था छ भने बुढिगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ । यस्तो दुःखद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने व्यहोरा अनुरोध गरिन्छ ।
शोकको यो घडीमा चाडपर्व मनाइरहँदा भड्किलो ढंगले नभई शान्त र संयमित ढंगले परिवारमा सिमित रहेर मनाउन पनि सभापति गगन कुमार थापाले आग्रह गर्नु भएको छ ।