काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो ।
नेपालका लागि रोहित पौडेलले शतकीय इनिङ्स खेले । उनले १२६ बलमा १०१ रन बनाए । यस क्रममा रोहितले आठ चौका र एक छक्का प्रहार गरे ।
यस्तै, गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान दिए ।
बलिङतर्फ क्यानडाका अखिल कुमारले सर्वाधिक चार विकेट लिए । सुखजिन्दर सिंहले तीन तथा जाहिद सिर्जादले दुई विकेट हात पारे ।
अब क्यानडाले जितका लागि २३६ रन बनाउनुपर्नेछ ।