काठमाडौँ । यूईएफए नेसन्स लिगअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सले बेल्जियममाथि शानदार पुनरागमन जित निकालेको छ। गएराति सम्पन्न खेलमा फ्रान्सले बेल्जियमलाई ४–१ गोलले पराजित गरेको हो।
खेलमा सुरुवाती अग्रता भने बेल्जियमले लिएको थियो। खेलको ३५औँ मिनेटमा डोडी लुकेबाकियोले गोल गर्दै बेल्जियमलाई १–० को अग्रता दिलाएका थिए।
तर दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै लगातार चार गोल गर्यो। खेलको ७७औँ मिनेटमा डेजिरे डुएले फ्रान्सका लागि बराबरी गोल गरे। त्यसपछि ८१औँ मिनेटमा रायन चर्कीले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए।
८८औँ मिनेटमा माइकल ओलिसेले गोल गरेपछि फ्रान्सले ३–१ को अग्रता बनायो। इन्जुरी समयमा ओलिसेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित ४–१ ले सुनिश्चित गरे।
यस जितसँगै चार खेलबाट १० अंक जोडेको फ्रान्स समूह ‘ए’ को शीर्ष स्थानमा छ। बेल्जियम भने समान खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ।