काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम सिरिज खेल्न ओमान पुगेको छ।
ओमान र क्यानडासँग हुने सिरिजमा नेपालले चार खेल खेल्नेछ। नेपालले पहिलो खेल असोज २५ गते क्यानडाविरुद्ध खेल्नेछ।
हाल नेपाल ३२ खेलबाट २४ अंक जोड्दै तालिकाको सातौँ स्थानमा छ। बाँकी चारवटै खेल जित्न सके नेपालको अंक ३२ पुग्नेछ। तर शीर्ष चारमा स्थान बनाउन नेपालले आफ्ना खेल जित्नुका साथै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ।
लिग–२ को शीर्ष चारमा रहने टोलीले सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन्। पुछारका चार टोलीले भने छनोट प्लेअफ खेल्नेछन्। त्यसैले शीर्ष चारमा पुग्न नसके पनि नेपालको विश्वकप यात्राको सम्भावना भने समाप्त हुने छैन।