काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रबाट आज थप ३० जनाको हवाई उद्धार गरेको छ ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज दिउँसो साढे ५ बजेसम्म ३० जनालाई हवाई माध्यमबाट उद्धार गरिएको हो ।
गत १० भदौमा भोटेकोशीमा आएको बाढीपछि नेपाली सेनाले हालसम्म ४ हजार १३७ जनाको हवाई उद्धार गरिसकेको छ ।
उद्धार गरिएकामध्ये ३ हजार ८५४ जना नेपाली नागरिक रहेका छन् भने २८३ जना विदेशी नागरिक रहेको नेपाली सेनाले जनाएको छ ।