काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
चितवन राइनोजविरुद्धको खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । यससँगै चितवन राइनोजले पहिले ब्याटिङ गर्नेछ ।
एनपीएलको तेस्रो संस्करणअन्तर्गत यसअघि भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो ।
आजै हुने अर्को खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।