बाजुरा । बाजुरामा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ का करिब १६–१७ वर्षीय अनुज सिंह बाख्रा चराउन जाने क्रममा कालसिङ्गे खोला तर्ने क्रममा बगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटका अनुसार मंगलबार दिउँसो बाख्रा चराउन गएका सिंह खोला तर्ने क्रममा बगेपछि बेपत्ता भएका थिए । घटनाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए ।
बेपत्ता किशोरको खोजीका लागि प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, गुल्म बाजुराको विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली परिचालन गरिएको छ । प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।