काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ । बाढीमा परी अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै हालसम्म ९५ शवको सनाखत भइसकेको र ती शव परिवारलाई बुझाइएको जानकारी दिएको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले हालसम्म १२ हजार ३८ जनाको उद्धार गरेका छन्। खोज तथा उद्धारसँगै राहत वितरणको काम पनि निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, बाढीका कारण सुरुङमा फसेकाहरूको उद्धार कार्यसमेत जारी छ। उद्धार तथा राहतका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ भने करिब २१ हजार जनशक्ति फिल्डमा खटिएको प्राधिकरणले जानकारी दिएको छ।