बैतडी – बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका–२ धौलाडीका ५७ वर्षीय कालुसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो ।
सोमबार दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा गएका धामी करिब १ बजेतिर भिरबाट खसेका थिए । भिरबाट करिब ४०० मिटर तल खोलामा खसेका उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ठगेन्द्र ऐरले जानकारी दिए ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।