काठमाडौँ। गोरखाको छेकम्पारस्थित चौरीखर्क पारीबाट बुढीगण्डकी नदीमा खसेको पहिरो खतरामुक्त भएको छ। पहिरो क्रमशः नदीसँगै बगेर हटेपछि बुढीगण्डकीको बहाव सामान्य बनेको हो ।
नेपाल बाढी सूचनाका अनुसार पहिरोका कारण केही समय बुढीगण्डकी नदीको आंशिक भाग थुनिएको थियो। तर, पहिरो क्रमशः पानीसँगै बग्दै गएपछि अहिले नदीको बहाव सहज बनेको बनेको छ।