काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली क्यूआर कोड र बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको छ।
कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि स्थापना गरिएको उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा नक्कली कागजात सार्वजनिक गरेको पाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनले च्याटजीपीटीको प्रयोग गरी नक्कली भौचर तयार गरेको समेत खुलेको प्रहरीले जनाएको छ।