रामकुमारी झाक्री रिहा भएकी छिन् । बिहिबार दिउँसो प्रहरीले हिरासतमा लिएकी झाक्रीलाई साँझ रिहा गरेको हो ।
राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार विहान पक्राउ गरेको थियो ।
उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ । प्रचण्ड माधव समूहका नेता योगेश भट्टराईका अनुसार उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ परेको थियो ।
झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताएकी थिइन् ।
उनी पक्राउ परेको विरोधमा प्रचण्ड-माधव समूहका कार्यकर्ताले दिनभर वानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।