बिहीवार शेयर मार्केट उकालो लागेको छ ।
धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि ८ दशमलव ३४ अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ८.३४ बिन्दुले उकालो लागेर दुई हजार ४७५.२६ मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक कुल १.६८ बिन्दुले उकालो लागेर सेन्सेटिभ परिसूचक ४५४.०२ मा पुगेको छ ।
नेप्से उकालो लाग्दा कारोवार रकममा ७ अर्व माथि पुगेको छ । कुल २०१ कम्पनीका १ करोड ८७ लाख १९ हजार ३८७ कित्ता शेयर रु ७ अर्ब ६१ करोड ५० लाख ७१ हजार ९३ मूल्यमा खरिदबिक्री भए ।
आज कारोबार भएका कुल १२ उपसमूहमध्ये ६ उपसमूहको शेयर ओरालो लागेको छ भने ६ उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.४३, होटल ०.९९, विकास बैंक ०.२५, वित्त ०.९८, जिवन वीमा ०.३८ र सामूहिक लगानी कोष ०.१ ले ओरालो लाग्दा व्यापार ४.५१, जलविद्युत् १.९२, निर्जिवन वीमा ०.६१, उत्पादन १.३९, अन्य ०.०८ र लघुवित्त ३.५२ बिन्दुले उकालो लागेको छ ।
सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता १९२५ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १७५ रुपैयाँले बढी हो ।
त्यस्तै, समीट लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर ९.९९ प्रतिशतले बढेको छ । बिहीबारको बजारमा दुई कम्पनीको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता १३२१ र ३७४५ रुपैयाँमा भएको हो ।
माहुली सामुदायिक लघुवित्तको सेयर ९.९८, नेशनल माइक्रोफाइनान्स र उन्नत्ति सहकार्य लघुवित्तको ९.९७ प्रतिशत, किसान लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।
त्यसैगरी, ग्रामीण विकास लघुवित्तको ९.९० प्रतिशत, सिनर्जी पावर डेभलपमेन्टको ९.८८ प्रतिशत, राधी विद्युत कम्पनी र माउन्टेन हाइड्रोको ९.८७, पाँचथर पावर कम्पनीको ९.७८, स्वाभिमान लघुवित्तको ९.७२ र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ ।