काठमाडौं । सरकारले सिरहामा बिहीबार भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको हो।
सिरहाको गोलबजारमा गोली लागेर एक युवाको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन उक्त समिति गठन गरिएको जनाइएको छ।
घटनापछि सिरहाका विभिन्न स्थानमा तोडफोड, आगजनी तथा तनावका घटनासमेत भएका छन्। छानबिन टोलीले घटनाको कारण, संलग्न पक्ष र परिस्थितिबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्नेछ।