प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली राणा र राजाहरुकै शैलीमा अगाडी बढिरहेको बताए ।
बिहीबार बुटवलमा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन हुनेमा अब कुनै शंका नभएको समेत बताए ।
त्यसविरुद्ध आफूहरु खडा भएको भएको भन्दै उनले ओलीको पतन निश्चित रहेको बताए । ‘सडकमा हराइन्छ, अदालतमा हराइन्छ । तर फेरि अर्को ओली नजन्मिने ग्यारेन्टी के हो ? जनतालाई भन्नुपर्नेछ’ भुसालले भनेका छन् ।
यता निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै पक्षलाई छलफलमा बोलाएको छ।
आयोगले पत्र पठाएर दुवै पक्षका अध्यक्ष वा अध्यक्षले तोकेका पाँच/पाँच जना प्रतिनिधिलाई छलफलमा बोलाएको हो।
प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी दुई वटा समूह क्रियाशील छ। दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको छैन ।