नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरेको छ।
यसअघि प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्दै बालुवाटारको गेटमा पत्र छाडेको थियो।
त्यस्तै स्थायी समितिको बैठकले गंगालला तुलाधरलाई कार्यालय सचिव बनाएको छ।
यसअघि नै पूर्व माओवादीका तर्फबाट,श्रीराम ढकाल सचिव रहेका थिए। त्यस्तै कार्यालयको उपसचिवमा मोहन गौतम नियुक्त भएका छन्।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ ।
एउटा समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् ।
ओली समूहले कुनै नेतालाई कारबाही नगरे पनि प्रचण्ड नेपाल समूहले ओलीलाई कारबाही गर्ने निर्णय गर्दै आएको छ ।
यसअघि नै अध्यक्षबाट हटाएको प्रचण्ड–नेपाल समूहले आइतबार साधारण सदस्यबाट हटाएको हो ।