काठमाडौँ । जिल्ला पर्वतकी १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ।
जलजला गाउँपालिका–६ ठोट्नेरी बस्ने ५३ वर्षीय गोरबहादुर वि।क।ले १२ वर्षीया बालिकालाई ललाईफकाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । घटनापछि पीडित बालिकाकी आमाले असार १७ गते प्रहरी चौकीमा जाहेरी दिएपछि अभियुक्तलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
अभियुक्तलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल, कुश्मा पठाइएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको छ।