काठमाडौँ । एथलेटिक्स परिवार नेपालको आयोजनामा ‘चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट २०२६’ शुरु भएको छ । एथलेटिक्स खेलको विकास र खेलाडीहरूको प्रतिभा प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यो प्रतियोगिता सञ्चालन हुन भएको हो । आयोजककाअनुसार खेलहरु ११ र १२ गते दुई दिनसम्म चल्नेछ । एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले प्रतियोगिता शुरु भएको जानकारी दिँदै खेलकुद महोत्सवले खेलाडीहरूको प्रतिभा प्रवद्र्धन गर्ने बताए । यस प्रतियोगिताले सहभागी खेल टोली र खेलाडीहरूको हौसला बढाउनुका साथै नेपाली एथलेटिक्सको स्तरवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा उनको छ ।