देशको संघीय राजधानी काठमाडौमा आज धोती जुलुस निकालिएको छ ।
नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो ।
जुलुसमा सहभागीहरुले धोती, कुर्ता, गम्छा, लगाएका थिए। उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, धोती, कुर्ता, गम्छा मधेसी के शान बा, केपी ओली हमनी सबके जान बा,’ भन्ने जस्ता नारा लगाएका थिए ।
शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्। प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ। उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए । प्रज्ञा भवनमा हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायतले सम्बोधन गर्नेछन् ।
बस्नेतले उक्त जुलुसको एक भिडियो राख्दै फेसबुकमा लेखेका छन् “यो विशाल र्याली राजनेता के पी ओलीको पक्षमा स्वस्पुर्त निस्किएको युवाहरुको जोस जाँगर र उर्जा हो। जनमत, मैदान र सडकको समर्थनको संकेत हो यो। राष्ट्रिय युवा संघ नेपालले सम्पुर्ण युवाहरुको नेतृत्व गरिरहेको छ।”
सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रया
केही समय पहिला मधेशी विरोधी भनेर चिनिएका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा धोती जुलुस निस्केपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेका छन् ।
ट्विटरमा @jhabadrinath ह्यान्डलमा भएका प्रयोगकर्ता लेख्छन् : संविधान जारी गरिईंदै ताका जसले मधेशी धोतीहरूलाई बेस्सरी गिज्याए/हेपे,सो पात्रको समर्थनमा काठमाडौंमा आज धोती जुलुस निकाल्ने भनिएकाहरू एक नम्बरका मधेशी हुनै सक्दैनन्, ती पारीबाट भाडाका ल्याइएका हुन्।
संविधान जारी गरिईंदै ताका जसले मधेशी धोतीहरूलाई बेस्सरी गिज्याए/हेपे,सो पात्रको समर्थनमा काठमाण्डूमा आज धोती जुलुस निकाल्ने भनिएकाहरू एक नंबरका मधेशी हुनै सक्दैनन्,ती पारीबाट भाडाका ल्याइएका हुन्।
पवित्रताको प्रतिक धोतीलाई यसरी राजनीतिमा मुछी अपवित्र नबनाई दिएको भए हुन्थ्यो।
ॐ
— অনার্য (अनार्य) (@jhabadrinath) January 9, 2021
त्यस्तै पत्रकार प्रकाश तिम्लसेना ट्विटरमै लेख्छन् : “कुनै बेला ‘मधेस बिरोधी’ भनेर चित्रित गरिएका केपी ओलीका पक्षमा आज काठमाडौंमा तराई–मधेसका युवाले धोती जुलुसको आयोजना गरी समर्थन जनाएका छन । राजनीतिमा यस्तो तल माथी भईरहन्छ ।”
मधेसी युवाको समर्थन !!
कुनै बेला ‘मधेस बिरोधी’ भनेर चित्रित गरिएका केपी ओलीका पक्षमा आज काठमाडौंमा तराई–मधेसका युवाले धोती जुलुसको आयोजना गरी समर्थन जनाएका छन । राजनीतिमा यस्तो तल माथी भईरहन्छ । pic.twitter.com/D4IFfaHmM3
— Prakash Timalsina (@prakashujyalo) January 9, 2021