काठमाडौं । नेपालमा आज मात्रै ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ३ मा कोरोना पोजेटिभ देखिएको प्रदेश नम्वर १ का कोरोना सम्वन्धि सूचना अधिकारी ज्ञान बहादुर बस्नेत लाई उदृत गर्दै हेल्थपाटी डटकमले समाचार सम्प्रेषण गरेको छ ।
यसअघि स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा नै गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको थियो ।
आज दिउँसो मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमित ३ जनामध्ये एक जना टेलरिङ्ग व्यवसाय गर्ने अर्को एक जना अटोरिक्सा चलाउने र बाँकी रहेको एकजना भारतीय नागरिक हुन् । २४ वर्षिय भारतीय नागरिक दिल्लीका बासिन्दा हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिले संक्रमण भनिएका ३ जनाको पुष्टि गरेको छैन । विगत केही दिनदेखि मन्त्रालयले कोरोना संक्रमण हुने व्यक्तिहरुको सङख्या पुष्टि गर्नुभन्दा अगाडी नै सञ्चारमाध्यमबाट सार्वजनिक हुन थालेको छ ।