अध्यादेश फिर्ता लिने सहमति भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तरंग उत्पन्न भएको छ ।
गत मंगलबार नयाँ अध्यादेश जारी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति बनेको बताइएको छ । तर अहिलेसम्म उक्त अध्यादेश फिर्ता भएको छैन, यो बैठकले कुनै अप्रिय निर्णय लिन सक्ने र प्रचण्ड र माधव पक्षका व्यक्तिहरु आफू अनुकुल नभएको खण्डमा त्यसलाई प्रधानमन्त्रीले कार्वान्यन गर्नसक्ने राजनैतिक जानकारहरु बताउँछन् ।
अध्यादेश फिर्ता लिनलाई मन्त्रिपरिषद् बैठक बसेर अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ । त्यसका लागि बिहीबार साँझ ६ बजेको लागि मन्त्रिपरिषद् बैठक बोलाइएपनि त्यसको एक घन्टा अगावै संवैधानिक परिषद् बोलाएपछि प्रचण्ड बालुवाटार पुगेका छन् ।
उनले ओलीले बैठक बोलाउनुको कारण र अध्यादेश फिर्ताका विषयमा थप छलफल गर्ने बुझिएको छ ।