नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रवार सुनको मुल्य अघिल्लो दिनको तुलनामा उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको मुल्य तोलामा ३ सय रुपैंयाले बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार ९ सय र तेजावी सुन ९२ हजार ४५० मा कारोबार भैरहेको छ ।
हिजो सो मुल्य ९२ हजार ६ सय र तेजावी सुन ९२ हजार १५० मा कारोबार भएको थियो ।
सुनको मुल्य बढ्दा चाँदीको मुल्य पनि केही मात्रामा बढेको छ । चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैंयाले बढ्दै १२ सय १० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।