नेपाली बजारमा सुनको मुल्य निकै घटेको छ ।
साताको तेस्रो दिन अर्थात आज मंगलबार एकैदिन सुनको मुल्य तोलामा १८ सय ले घटेको हो ।
आइतबार र सोमबार एउटै मुल्यमा कारोबार भएको सुनको मुल्य मंगलबार भने गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार ५ सय र तेजावी सुन तोलाको ९२ हजारमा कारोबार भैरहेको छ ।
हिजो सोमबार र अस्ति आइतबार छापावाल सुन ९४ हजार ३ सय र तेजावी सुन ९३ हजार ८ सय मा कारोबार भएको थियो ।
सुनको मुल्यमा भारी गिरावट आउँदा चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैंयाले घटेर ११ सय ८० मा कारोबार भैरहेको छ ।
मंसिर महिनामा बिवाहको धेरै लगन हुने भएको हुँदा सुनको कारोबार पनि अरु महिनाको तुलनामा बढी नै हुने गर्दछ ।
तिहारपछि खुलेको सुनको बजार मंसिर ३ मा ९५ हजार १ सय मा कारोबा भएको थियो त्यसपछि सुनको मुल्य निरन्तर घट्ने क्रममा रहेको छ ।