नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा छन् । चुनावको बेला जनताले बहुमत दिएर सरकारमा पठाएको नेकपाको सरकारले जनताको चाहना भन्दा पनि शक्ति र सत्ता समिकरणमा नै आधाभन्दा बढी समय खेर फालिसकेको छ ।
यति ठूलो जनमत पाएर पनि सरकारले आम जनताले महसुस गर्ने गरेर केही काम नगरेको स्वंय पार्टीक नेताहरुले पनि स्विकार गरिसकेका छन् । यस्तो अवस्थामा केपी शर्मा र उनको टिमलाई धेरै आरोपहरु पनि लागेका छन् । नेपालको नक्शामा भारतले अतिक्रमण गरेको नेपाली भूमि समेट्नु बाहेक आम जनताले महसुस गर्ने गरेर काम नगरेको आरोप सिंगो नेकपालाई लाग्ने गरेको छ ।
आज हामीले केपी शर्मा ओली र उनको समूहलाई लागेका ५१ आरोपहरु यहाँ प्रस्तुत गरेका छौं ।
(१) सरकारी जग्गा यतीलाई हस्तान्तरण।
(२) मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार।
(३) वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार।
(४) राज्यको अर्बौं रकमले गुटको भरणपोषण।
(५) ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का।
(६) अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद।
(७) राष्ट्रिय गौरवका आयोजनाबाट अर्बौंको कमिसन।
(८) ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण।
(९) सेक्युरिटी मेसिन खरिदमा ७० करोडको बार्गेनिङ।
(१०) सिण्डिकेट जोगाएर अर्बौंको कमिसन र घुस।
(११) संघीय सांसदलाई दिनदहाडै अपहरण।
(१२) पार्टी फुटाउन दल बिभाजनको अध्यादेश जारी।
(१३) निर्वाचन आयोगमा नेकपा एमाले दर्ता।
(१४) आलोचकलाई सल्लाहकारको ज्यान मार्ने धम्की।
(१५) एमसीसी सम्झौता पारित गर्न जोरजुलुम।
(१६) एमसीसी पास नहुँदै कार्यान्वयन सम्झौता लागू।
(१७) संवैधानिक अंगलाई गुटको भर्ती केन्द्रमा रुपान्तरण।
(१८)मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट भेला।
(१९)मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक।
(२०)पार्टी फुटाउन निरन्तर गुट भेला,प्रशिक्षण।
(२१) संसद चल्दाचल्दै संसद अधिवेशन अन्त्यको घोषणा।
(२२)संकटकाल लगाउन पटकपटक छलफल ।
(२३)चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा अरुचि।
२४) मन्त्रालयहरुमा भ्रष्टाचारको सम्भावना खोज्ने गिरोह गठन।
(२५) सचिवलाई उचालेर मन्त्रीहरुमाथि प्रहार, काममा अवरोध ।
(२६) बालुवाटारको जग्गा अतिक्रमण गर्ने नेताको संरक्षण ।
(२७) आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव ।
(२८) राजीनामा मागे प्रधानमन्त्रीको कुर्सी भाँच्ने घोषणा।
(२९) कुलमानलाई अवकाश, असक्षम भनिएकालाई नियुक्ति।
(३०) संसद बिघटन र मध्यावधि निर्वाचनका लागि प्रयास।
(३१) सरकारी अड्डालाई असक्षम गिरोहको भर्तीकेन्द्रमा रुपान्तरण।
(३२) स्थायी समितिलाई हुल्लडबाड, केन्द्रीय समितिलाई सडकछापको बिल्ला।
(३३) लिम्पियाधुराको चुच्चे नक्शा हटाएर भारतको विश्वास जित्ने प्रयास।
(३४) रअ प्रमुखसँग मर्यादाविपरित गोप्य रुपमा भेट।
(३५) पार्टी निर्णय र प्रचलित विधि नमान्ने सार्वजनिक घोषणा।
(३६) शीर्ष नेताविरुद्ध सडकमा कार्यकर्ता परिचालन र चरित्रह-त्या।
(३७) लिम्पियाधुराको नक्शा भएको पुस्तक बितरणमा रोक।
(३८) कोभिड नियन्त्रणमा लापर्वाही र चरम भ्रष्टाचार।
(३९) लिपुलेक, कालापानी भूभाग फिर्ताका लागि उदासिनता।
(४०) शितल निवास र बालुवाटारको सुविधामा वृद्धि।
(४१) राष्ट्रपतिका लागि अर्बौं हेलिकोप्टर र सुविधा।
(४२) शितल निवासलाई गुटको हेडक्वार्टरमा रुपान्तरण।
(४३) संघीयताको अपमान, प्रदेश संघको इकाई भएको घोषणा।
(४४) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णयको खारेजी।
(४५) समाजवाद छोडेर पुँजीवादको अभ्यास।
(४६) वामदेवलाई राष्ट्रियसभामा रोक्न अनेकौं प्रयास।
(४७) सक्षम मन्त्रीहरुको बर्खास्ती, असक्षमहरुको नियुक्ति।
(४८) डा. गोविन्द केसीका माग र जीवनप्रति उदासिनता र आक्रमण।
(४९) मिडियालाई मुखपत्र बनाउने कोशिस, नमान्नेमाथि आक्रमण।
(५०) आफूनिकटका आरोपी नेताहरुको संरक्षणमा अग्रसरता।
(५१) ओली सचिवालयबाट काठमाडौं प्रेस मिडिया ह्याक।
यी आरोप ट्विटरमा @nareshadh977 ह्यान्डल गरेका व्यक्तिले संकलन गरेका हुन् ।