अभिनेता अक्षयकुमारले युट्युबरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् ।
उनले राशिद सिद्दीकी नामको एक युट्युवर बिरुद्ध उक्त केस गरेका हुन् । राशिदले सुशान्त सिंह राजपुतको मावलमा अक्षय कुमारलाई केही गम्भिर आरोप लगाएका थिए । त्यसैले अक्षयले उनी बिरुद्ध कानुनी एक्सन लिएका हुन् ।
बिहारका युट्युबर राशिदले आफ्नो ‘एफएफ न्युज’ च्यानलमा अक्षयकुमार, आदित्य ठाकरे र मुम्बई पुलिसको छवि खराब गर्ने कोशिश गरेर गलत जानकारीको साथ आपत्तिजनक भिडियो शेयर गरेका थिए ।
राशिदले एक भिडियो बाहिर ल्याएको थियो । जसमा भनिएको थियो ‘अक्षयले रियालाई देशबाट निस्किएर क्यानडा जान पुरै सहयोग गरेका थिए ।
’ युट्युवरकाअनुसार अक्षयकुमार सुशान्तको फिल्म ‘एम।एस धोनी’ को सफलताले खुशी थिएनन् । त्यो भिडियो हेरेपछि अक्षयले युट्युबरको बिरुद्ध भारतीय ५०० करोड रुपैयाँको मानहानीका केस दर्ता गरेका हुन् ।