काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले आजै पदभार ग्रहण गर्ने भएका छन्।
केसीलाई गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरेपछि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले दानबहादुर कार्कीलाई पदबाट हटाउँदै केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो।
यसैबीच, पदबाट हटाइएका कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।