काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गरेका छन् ।
केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफु प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुन्य काममा सहयोग गर्न अपिल गरेका हुनु ।
‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ,’ शाक्यले भने ‘छोरी पलिस्था शाक्यले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’
कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उदेश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले बताए ।
पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गराइरहेकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षीया महिलाको उपचार भैरहेको छ ।
कोरोना संक्रमण भएपछि मेयर परिवारसहित पाँचतारे होटलको आइसोलेशनमा बसेको भन्दै उनको विरोध पनि भएको थियो ।
कामनपाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौंको सोल्टी होटलमा आफूसहित परिवारका ३ जनालाई ३ वटा कोठा लिएर दैनिक ७५ हजार भन्दा बढी खर्च गरेको समाचार यसअगाडी नै सार्वजनिक भएको थियो ।
होटल स्रोतका अनुसार झन्डै २० हजार रुपैयाँ शुल्क लाग्ने कोठामा चिकित्सकीय सुविधासहित बसेका शाक्यले प्रतिदिन २५ हजारभन्दा बढी शुल्क तिरे। मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय सुविधासहित दिनको ७५ हजार हाराहारीमा खर्च हुन्छ ।
तलको लिंकबाट पढ्नुहोस त्यसबारेको समाचार
जनता उपचार नपाएर मर्ने, मेयरलाई सोल्टीको आइसोलेशन ?
रञ्जु दर्शनाले मागिन् मेयर शाक्य आइसोलेसनमा बस्दाको खर्च विवरण