वडादशैंमा फूलपातीदेखि एकादशीसम्म ५ दिन बैंकका सबै शाखा पूर्ण रुपमा बन्द हुने भएका छन्।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार कात्तिक ७ गते फूलपातीका दिनदेखि ११ गते एकादशीका दिनसम्म सम्पूर्ण शाखाहरु बन्द हुने भएका हुन्। ‘क’ वर्गका २७ वटा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन हो ।
विगतमा दशैंका बेला पनि एसोसिएसनले केही शाखा खोल्ने गरिएको थियो । नेपालमा संचालित बैंकहरुले ३६५ दिनै कारोबार गर्ने भन्दै केही शाखाहरु संधैजसो खोल्दै आएका थिए ।
एसोसिएसनले आज एक सूचना जारी गर्दै ५ दिन बैंक बन्द भएतापनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) ले हालसम्म विभिन्न वैंकमा कार्यरत ३ हजार ७ भन्दा बढी कर्मचारीमा संक्रमण पाइएको छ।