काठमाडौं । भारतमा कोरोनाको महामारी गम्भिर हुँदै गएको छ । कोरोनाकै कारण पहिलो पटक एकै दिन ३ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार पछिल्लो २४ घण्टामा मुम्बई, पटना र गुजरातमा एक÷एक जना कोरोना संक्रमितको ज्यान गएको हो । जनाइएअनुसार भारतमा हालसम्म ७ जना कोरोना संक्रमीतको ज्यान गएको छ ।
शनिबार राती मुम्बई र बिहारमा एक/एक जना कोरोना संक्रमीतको ज्यान गएको थियो भने आइतबार दिउसो गुजरातका एक कोरोना संक्रमितको ज्यान गएको हो ।
जनवरी अन्तिम साता देखिएको थियो कोरोनाको संक्रमण
भारतमा गत जनवरीको अन्तिम साता ३ जनामा कोरोनाको संक्रमण देखिएको थियो । कोरोना देखिएको २ महिना अर्थात ११ मार्चमा कर्नाटकमा एक संक्रमीतको ज्यान गएको थियो ।
आइतबारसम्म भारतमा ३४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ ।