नेपाली बजारमा आज (बिहीबार) सुनको मुल्य स्थिर रहेको छ । बुधबार कायम भएको सुनको मुल्यमा केही परिवर्तन नभएर आज पनि सोही मुल्यमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन ९४ हजार ५ सय र तेजावी सुन ९४ हजारमा कारोबार भैरहेको छ ।
सुनको मुल्य स्थिर रहँदा चाँदीको मुल्यमा सामान्य परिवर्तन भएको छ । आज चाँदीको मुल्य अघिल्लो दिनको तुलनमा ५ रुपैंया घटेर तोलाको १२ सय रुपैंयामा कारोबार भैरहेको छ ।