काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १५.४१ अंकले बढेर २७७२.८१ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ६६ वटा स्क्रिप्सको १२ हजार ५३५ कित्ता सेयर ५४ लाख ६४ हजार ९३८ रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबारमा आएकामध्ये ३७ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ । ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।