मंगलबारको प्रतिनिधिसभा बैठकमा तीन विधेयक टेबल भएका छन् । बैठकको शून्य समयपछि सभामुख डोलप्रसाद अर्यालले तीन विधेयक टेबलका लागि प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई अनुमति दिएका थिए ।
राईले राष्ट्रियसभामा उत्पति भएका राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक २०८१, पर्यटन विधेयक २०८१ र चलचित्र विधेयक २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबल गरेका छन् ।
सभामुख अर्यालले अर्को बेठक २५ चैत्र बुधबार दिउँसो १ बजेलाई डाकेका छन् ।