काठमाडौँ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने श्रमिकहरूलाई विमानस्थलमा केही थप कागजात अनिवार्य रूपमा साथमा राख्न निर्देशन दिएको छ।
सूचना अनुसार यही चैत २९ देखि लागू हुने व्यवस्था अनुसार, गन्तव्य मुलुकसम्म यात्रा गर्नुपर्ने हवाई टिकट र सो टिकटको विल/रसिद अनिवार्य रूपमा साथमा हुनुपर्नेछ।
त्यसैगरी, म्यानपावर कम्पनी (इजाजतप्राप्त संस्था) मार्फत जाने श्रमिकहरूले सो कम्पनीलाई बुझाएको सेवा शुल्कको आधिकारिक रसिद पनि आफूसँग राख्नुपर्ने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ।
साथै, सबै इजाजतप्राप्त कम्पनीहरूले श्रमिकबाट प्राप्त सेवा शुल्कको भौचर/रसिद वा भरपाई अनिवार्य रूपमा श्रमिकलाई उपलब्ध गराउनुपर्ने निर्देश पनि दिइएको छ।
