काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले मधेशवादी दलका नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गरी संविधान संशोधनसहित आर्थिक र सामाजिक विषयमा विचार विमर्श गरेका छन्।
प्रधानमन्त्रीका सल्लाहकार असिम शाहको नेतृत्वमा गठन भएको कार्यदलको जानकारी दिइएको भोलिपल्ट, लामिछानेले महन्थ ठाकुर (जसपा संरक्षक) र प्रभु साह आजपा अध्यक्ष सँग भेटघाट गरेका हुन्।
सभापति लामिछानेले संविधान संशोधन, आर्थिक विकास र सामाजिक विषयमा चासो देखाएका थिए। भेटपछि मधेशी मोर्चाको बैठक बस्ने तयारी भइरहेको एक नेताले जानकारी दिएका छन्।
रास्वपा सभापति लामिछानेको सचिवालयले भेटघाटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको पुष्टि गरेको छ। त्यस्तै, आजपा अध्यक्ष प्रभु साहले पनि राजनीतिक, आर्थिक र सामाजिक विषयमा विचार विमर्श भएको बताएका छन्।