काठमाडौँ । इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ ।
सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो । यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो ।
औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो ।
अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन ।