शीर्षक पढेर आवेगमा नआउनुहोला। समाजमा समाचार पढेर जानकारी लिने भन्दा समाचारको शीर्षक पढेर धारणा बनाउनेहरुको कमी छैन । तर तपाईँ (प्रिय पाठक) लेखको मर्म नबुझी धारणा बनाउनु हुनेछैन। यो पंतीकारको आसा मात्रै होइन प्रिय पाठकप्रतिको विश्वास समेत हो।
अब सन्दर्भ र विषयबस्तुमा लागौं। आज मुख्यतः दुई वटा कुरा सामाजिक सञ्जालमा भाइरल छन्। हुन त अरु पनि धेरै कुरा होलान्। यहाँ तिनै विषयमा चर्चा गर्न खोजिएकाले दुईटा विषय मात्रै भनियो।
‘इमोसनल ब्ल्याकमेलिङ’
चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै आएका डा. गोविन्द केसी अहिले फेरि अनसनमा छन्। जुम्लामा अनसन बसेका केसीको स्वास्थ्य अवस्था बिग्रिदैं गएपछि मंगलवार उनलाई काठमाडौं ल्याइएको छ । यसबारे थप चर्चा अलि पछि गरौंला।
एक अन्तरवार्ताका क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डा. केसीले इमोसनल ब्ल्याकमेलिङ गरेको उनले आरोप लगाएका छन् । अन्तरवार्ताको सानो क्लिप अहिले फेसबुक र ट्वीटरमा भाइरल छ । जहाँ मन्त्री भट्टराईले केसीको व्यवहार एकातर्फ हेर्ने अर्को तर्फ गर्ने जस्तो भएको टिप्पणी गरेका छन्। केसीका केही मागमा आफू सुरुदेखिनै असहमत रहेकोे बताउने मन्त्री भट्टराईको यो टिप्पणी अहिले भाइरल छ।
उहाँ भन्नुहुन्छ –
डा केसीको माग तासको पत्ती जस्तै बदलिए !
अनि उहाँ ७७ जिल्लामा अनसनको कोटा पुर्याउन लाग्नुभएको छ। pic.twitter.com/IvIPtSMWn0— Abhishek Raj Singh (@seeuabhishek) September 22, 2020
केसीमाथि प्रहरीको बलजफ्ती
डा. केसीमाथि प्रहहरीले बलजफ्ती गरेर अस्पताल पुर्याएको छ। त्रिभुवन विमानस्थलमा उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लान तयार गरिएको एम्बुलेन्सलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर र्पुयाएको थियो । डा. केसीले उपचार गर्नै नदिने अडान लिएपछि साँझ शिक्षण अस्पताल जान दिइयो ।
डा. केसीले यसपालि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनुपर्ने मागलाई पहिलो प्राथमिकता दिएर जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामस्टो मन्दिरमा भदौ २९ गते सत्याग्रह सुरु गरेका थिए । उनले १६ औं सत्याग्रहसमेत जुम्लामा गरेका थिए ।
डा. केसीलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । केसीलाई उपचारको लागि भन्दै जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघले समेत आपत्ति जनाएको छ। एक नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्था छनौट गर्न पाउने अधिकारको बञ्चित गर्दै सुरक्षाकर्मीहरुबाट भएको ज्याजतीपूर्ण व्यवहारप्रति संघले आपत्ति प्रकट गरेको हो।
कुलमानका पाखे सर्मथक
अब अर्को प्रशंगमा लागौं। चार वर्षे कार्यकाल सकाएर केही दिनअघि नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिको विषय सेलाएको छैन। उनको समर्थनमा प्रदर्शन समेत भइरहेकै छन्। यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कडा टिप्पणी गरेका छन्। प्राय रुखो बोल्ने गरेको आरोप खेपिरहने थापाले यसपटक कुलमानका समर्थकलाई पाखेको संज्ञा दिएका छन्। एक टेलिलभिजन अन्तरवार्ताका क्रममा उनले कुलमानको पुनर्नियुक्तिलगायतका माग राखि आन्दोलन गर्ने वा उनलाई भगवानको संज्ञा दिनेहरुलाई पाखेको संज्ञा दिएका हुन्।
मैले "पाखे" भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।
— Surya Thapa (@ThapajiSurya) September 23, 2020
ऋषि धमालासँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘कुलमान पनि मान्छे हुन्। जनताले सडकमा उत्रिएर भगवान भनेर हामीले पनि भन्छौ. त ? भन्देनौं। उनी भगवान होइनन्। उनको कारणले लोडसेडिङ हट्यो भन्नेहरु पाखे हुन्। उनीहरुका विचार सन्तुलित होइनन्।’ तर थापाले पाखे नभइ एकपाखेको संज्ञा दिएकोे समेत चर्चा छ। तर भिडियोमा पाखे भनेको प्रष्टै बुझिन्छ तर एक पाखे भनेकोे चाहि पनि क्लिएर छैन।
डा. केसी र कुलमानबारे माथिका दुबै टिप्पणी समाजवाद उन्मुख संविधान भएको देशका सरकारी मान्छेहरुका हुन्। त्यो पनि कम्युनिष्ट पार्टीका कार्यकर्ता पनि। निम्छरो डा. केसीलाई इमोसनल ब्ल्याकमेलिङ गरेको देख्ने मन्त्री र कुलमानका समर्थकलाई पाखेको संज्ञा दिने प्रधानमन्त्रीका सल्लाहकारको बहुलठ्ठीपनलाई विचरा मात्रै भन्न सकिन्छ। हो सत्ताको नुन खाखनेहरुले जनतालाई पाखे देख्छन्। सोझो डाक्टरलाई ब्ल्याकमेलर। जो जनताको करबाट पालिएका छन्।
डाक्टर केसीको बारेमा पत्रकार चिरञ्जिवी पौडेलको बुझाई जुन आम मानिसहरुको लागि पनि उपयुक्त हुन सक्छ ।
–डा. गोविन्द केसीको सादगी जीवन र निस्वार्थ सेवाभावको जति प्रशंसा गरे पनि हुन्छ । तर, उहाँको अविच्छिन्न आमरण अनशन श्रृंखलालाई समर्थन गर्न अब ज्यादै कठिन हुँदै गएको छ ।
–आमरण अनशन नै समस्या समाधानको ब्रम्हास्त्र हुन्थ्यो भने डा. केसीका १८ वटा अनशनपछि देशको स्वास्थ्यप्रणालीमा कायापलट भएर अमेरिकाको हाराहारी पुगिसकेको हुनुपथ्र्यो । तर छ जहीँको तहीँ । अहिलेसम्मका अनशनबाट डा. केसीले चाहेका एकाध मानिस कुर्सीमा पुग्नेबाहेक अरु केही उपलब्जधी भएजस्तो लाग्दैन । १८ वटा अनशनले केही भएन भने १९ औंले के होला ? सबैभन्दा धेरैपटक आमरण अनशन बसेको भनेर गिनिजबुकमा नाम लेखाउने उद्देश्य भए बेग्लै कुरा ।
–अहिलेको अनशन त एकदमै बेमौसमी पनि छ । सिंगै देश कोरोनासँग लडिरहेको छ र यो लडाईंको फ्रन्टलाइनमा स्वास्थ्यकर्मीहरु छन् । यी स्वास्थ्यकर्मीहरुलाई प्रेरणा दिनकै लागि पनि डा. केसी अहोरात्र अस्पतालमा सेवारत हुनुपर्ने हो । यस्तो महामारीको बेला खुद्रा र बासी मागहरु लिएर अनशन बस्नु उहाँको बुद्धिमानी होइन ।
–अहिले आइएमविथ केसी भनेर सामाजिक सञ्जाल र सडक तताउनेहरुमध्ये ९० प्रतिशतलाई उनले यो अनशनमा के–के माग राखेका छन् भन्ने थाहा पनि छैन र चासो पनि छैन । बस समर्थन जनाउनु छ ।
–दुरदराजमा गएर गरिब विपन्न समुदायका विरामीहरुको उपचार र सेवा गरिरहेका डा. केसी जति महान देखिनुहुन्छ, सबैथोक मैले भनेबमोजिम हुनुपर्छ भन्नेखालको अहंकार प्रस्तुत गर्दै अनशन बसिरहनुभएका डा. केसी उत्तिकै तुच्छ लाग्नुहुन्छ ।
(त्यसो त हिजो प्रहरीसँग पाैठेजाेरी खेलेकाे भिडियो हेर्दा उहाँले १० दिनदेखि केही नखाइ बस्नुभएको छ भन्नेमै शंका लाग्न थाल्यो । कि रामबहादुर बम्जनजस्तो अद्भुत क्षमता प्राप्त गरिसक्नुभयो ?)