काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज ४.२७ अंकले बढेर बन्द भएको छ। परिसूचक ४.२७ अंकले बढेर २९६४.६७ विन्दुमा पुगेको हो।
यो समयमा १०६ वटा स्क्रिप्सको १ लाख ४९ हजार २९१ कित्ता सेयर १२ करोड ८२ लाख ३९ हजार ३०३ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये ४८ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घटेको छ । बाँकी १५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।