ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।
“म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।” उनले भने ।
देशभर कोरोना संक्रमितको संख्या ५५ हजार नाघ्दा काठमाडौं उपत्यकामा रहेका तीन जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १२ हजार भन्दा माथि छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं जिल्लामा मात्र कुल संक्रमितको संख्या १० हजार २८ छ भने भक्तपुरमा १ हजार १ सय ९१ र ललितपुरमा १ हजार २९ रहेको छ ।