काठमाडौँ । नेप्सेमा आज पनि गिरावट आएको छ । बुधबार नेप्से ४६.७८ अंकले घटेर २७९६. ५७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२९ कम्पनिका ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता शेयर १३ अर्ब १८ करोड २ लाख ५५ हजार १५७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नेशनल हाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९. ३३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी कालिका पावरको शेयर ८.४७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको ८५ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ५१ करोड २९ लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल हाइड्रोको ४९ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।