काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलाको ५६ सय रुपैयाँले बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १७) सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार (फागुन १५) मा सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा किनबेच भएको छ ।
यसैगरी, चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार ५ हजार ७२५ मा कारोबार भएको थियो ।