नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ। गत शुक्रबारको तुलनामा सुनको मुल्य तोलामा चार सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ। गत शुक्रबार ९८ हजार ८ सयमा छापावाल सुनको कारोबार भएको थियो।
शनिबार सुनको मुल्य निर्धारण नहुने भएकाले शुक्रवारकै मुल्यमा शनिबार पनि कारोबार हुँदै आइरहेको छ ।
यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ। गत शुक्रबार तोलाको १३ सय ७० मा कारोबार भएको चाँदी आइतबार तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
साउन महिनाको २३ गते तोलाको १ लाख ३ हजार ५ सय रुपैंया कायम भएको ऐतिहाँसिक रेकर्ड राख्न सफल भएको सुनको मुल्य दिनहरुमा निरन्तर रुपमा घट्दै गइरहेको थियो तर भाद्र २ गते फेरी सुनको मुल्यले तोलाको लाख नाघेको थियो भने त्यसपछिका दिनमा सुनको मुल्य तोलाको १ लाख भन्दा कममा कारोबार भइरहेको छ ।