काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ ।
रास्वपाले उनलाई काठमाडौँ ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको हो ।
पाण्डेले आफूले टिकट पाएको र मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिए ।
आसन्न निर्वाचनमा सहभागी हुन भन्दै उनले केही दिनअघि महानगर प्रहरी प्रमुख पदबाट राजीनामा दिएका थिए ।