काठमाडौँ । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्द सूचीमा नाम बुझाएका १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार बन्द सूचीमा नाम समावेश गरिएका उम्मेदवार आयोगमा उपस्थित भएर नाम फिर्ता लिएका हुन् ।
निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते दलले समानुपातिक उम्मेदवारको बन्द सूची आयोगमा बुझाएका थिए ।