काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनाको प्रारम्भिक नतिजामा महामन्त्री पदमा प्रदीप पौडेल र खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन् ।
सुरुका ५० मत गणना गर्दा खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले ३३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी डा. सुनिलकुमार शर्माले १३, अमरसिंह पुन मगरले २१, उदयशमशेर राणाले १२, गुरुराज घिमिरेले ८, डा. सन्तोष उपाध्यायले ५, नैनसिंह महरले ४ र शंकर तिवारीले २ मत प्राप्त गरेका छन् ।
खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले २६ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डेले समान १६ मत प्राप्त गरेका छन् । त्यस्तै, इन्जिनियर मधु आचार्यले १३, धनराज गुरुङले ११, दीपक गिरीले ७ र प्राडा चन्द्रमोहन यादवले ४ मत पाएका छन् ।
समावेशी उपसभापति पदमा विनोदकुमार चौधरीले १७ मत प्राप्त गरेका छन् । सीता गुरुङले ११, जीवन परियारले १०, फरमुल्लाह मन्सुरले ६ र रञ्जित कर्णले १ मत प्राप्त गरेका छन् ।
महिला महामन्त्री पदमा महालक्ष्मी उपाध्याय ‘डिना’ ले २२ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी डा. डिला संग्रौला (पन्त) ले २१ र रीता खनालले ६ मत प्राप्त गरेकी छन् ।
मतगणना जारी रहेकाले यी नतिजा प्रारम्भिक हुन् । अन्तिम परिणाम आएपछि पदाधिकारीको विजेता टुङ्गो लाग्नेछ ।