काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने देशका अन्य भूभागमा आंशिक बदली रहेको छ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यसैगरी, आज राति हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ।
रातिको समयमा कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।