काठमाडौँ । पत्रकार रामबहादुर रावल प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा नियुक्त भएका छन्। उनी यसअघि प्रधानमन्त्रीको प्रेस संयोजकका रूपमा कार्यरत रहँदै आएका थिए।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताएका छन्।