१ बैशाख काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६५ वर्षीया एक महिलालाई संक्रमण भएको हो । त्यस्तै रौतहटको क्ववेन्टाइनमा रहेका १९ वर्षीया पुरूषमा पनि फेला परेको छ ।
इशनाथ नगरपालिका ५ मोतिपुरका ती युवा लक डाउनको बेला भारतको नयाँदिल्लीबाट नेपाल आएको बुझिएको छ। इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ। ती युवकलाई क्वारेन्टाइनमा राखेको औरहैया विहारसँग जोडिएको छ।
नगरपालिका वडा नम्बर ५ घर भएका संक्रमित युवा मोतिहारी जिल्लासम्म बसमा आएका थिए। त्यसपछि उनी हिँडेरै घर आइपुगेका थिए। भारतबाट आएको खबर आएपछि नगरपालिकाले भोलिपल्टै उनलाई क्वारेन्टाइनमा लिएर राखेको थियो।युवकमा दिल्लीमा मजदुरी काम गर्दै आएका थिए।
वीरगन्जमा आइतबार तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। ती भारतीय नागरिक छपकैयास्थित एक मस्जिदमा बस्दै आएका थिए।
संक्रमितहरुमध्ये ५ जनाको सेती प्रादेशिक अस्पताल धनगढी, २ जनाको बाग्लुंग, २ जनाको काठमाडौं टेकुमा र ३ जनाको वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको छ।
आज रौतहटको क्वारेन्टाइनमा रहेका संक्रमित युवालाई पनि अस्पताल लिन थालिएको प्रवक्ता देवकोटाले जनाउनुभयो। एक जना भने निको भएर घर फर्किसकेका छन्।
यि हुन् नेपालमा कोरोना संक्रमित १४ जना, हेर्नुहोस् संक्रमितहरुको विवरण