आज नयाँ वर्ष २०७७ को पहिलो दिन । कोरोना भाइरसका कारण सम्पूर्ण नेपाली जनता घरमै लकडाउनमा छन् ।
सबैले घरबाटै सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिइरहेका छन् । सबैको शुभकामना सन्देश कोरोनाबाट बच्न सकियोस् भन्ने छ ।
यसैक्रममा नायिका करिश्मा मान्नधरले फेसबुकमा तीन तस्विरहरु राख्दै लेखेकी छिन् नयाँ दिन नयाँ आशा ।
हो करिश्माले भनेजस्तै कोरोनाले आक्रान्त पारेको यो विश्वमा नयाँ आशा लिएर मानिस बाँचिरहेका छन् ।
अझै कती नेपालीहरुले फेसबुकमा नयाँ वर्षको शुभकामना दिँदै लेखेका छन् ।
“अङ्ग्रेजी नयाँ बर्षले बोकेर ल्याएको कोरोना भाइरस नेपाली नयाँ बर्षले अन्त्य गरोस। सम्पुर्णमा नया बर्ष २०७७ को शुभकामना ♥♥️???? ”
हेरौं करिश्माले राखेका ३ तस्विरहरु
करिष्मा मानन्धर । भलै यो नाम अहिलेको पुस्तामाझ उति परिचित नभएपनि पचासको दशकमा उनको चमक–दमक कम थिएन ।
हिरोइन भनेकै करिष्मा भनेजस्तै । चाहे रुपरंगको हिसाबले होस् वा अभिनयको । सिनेमा र स्क्यान्डलसँगै उनी चर्चाको चुलिमा चढ्ने र ओर्लने गरिरहिन् ।
त्यही उतार–चढावबीच आफ्ना सिनेमाहरु दर्शकले धमाधम अस्विकृत गरिदिएपछि उनले विरत्तिएर देश छाडिन् ।
लामो समय अमेरिकामा बसेर पुनः स्वदेश फर्किइन् । पुरानै ढर्रामा सिनेमा निर्माण गरिन् । चलेनन् । त्यसपछि राजनीतिमा लागिन् । राजनीतिमा पनि पार लाग्ने देखिनन् ।
अनि सुरु गरिन्, लेखपढ ।
सिनेमा, राजनीति र पढाईको फन्को लगाइसकेपछि पनि सामाजिक सञ्जालमा उनले लेख्ने कुराले वेलावेला उनलाई विवादमा ल्याउने गरेको छ ।
केही दिनअघि उनले लेखेको स्टाटस धेरै आलोचना दिएको थियो ।